काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले मिलेमतोमा डुप्लिकेट करचुक्ता प्रमणपत्र स्वीकार गरेर ऋण प्रवाह गरेको भेटिएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठसहित सञ्चालक समितिका ७ जना सदस्यहरू मिलेर काभ्रे घर भएका रवीन्द्र चौलागाईं र निजको पारिवारिक कम्पनीहरूमा ऋण प्रवाह गरेका हुन् ।
चौलागाईं र उनको परिवारको स्वामित्वमा रहेको पुजा ट्रेडिङ्ग एण्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालिलाई तत्कालीन सीईओ मनोज न्यौपाने र तुल्सीराम गौतम समेतले ऋण प्रवाह गरेका हुन् ।



