क्युआर कोडबाट विदेशमा समेत भुक्तानी गर्न सकिने


  • Himalayan Bank Limited (HBL)
क्युआर कोडबाट विदेशमा समेत भुक्तानी गर्न सकिने

राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा कार्यान्वयनमा नआएसम्म रिटेल पेमेन्ट अन्तर्गत क्युआर कोडबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था थपेको हो। 

क्युआर कोडमार्फत् भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारू १५ हजार र प्रति महिना एक लाख रूपैयाँ पारिश्रमिक बापतको सटही सुविधा दिन सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ। 

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। 

Read More