काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १३५ वटा स्मार्टफोन आयात भएको हो ।
सरकारले स्मार्टफोन आयात गरेबापत ४ अर्ब ९० करोड ३८ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । मुलुकमा ६१ वटा देशबाट स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ । सबैभन्दा बढी चीनबाट १७ अर्ब २७ करोड ५२ लाख रुपैयाँ बराबरको १२ लाख ३७ हजार ९६० वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांक छ ।


