नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द हुने प्रक्रियामा अगाडि बढेको छ ।
बोर्डको अध्यक्ष सिफारिस समितिमा नयाँ शिराबाट अध्यक्ष जाने र पाँचै जना उम्मेदवारको मन्त्रिपरिषदमा नाम सिफारिस हुने कुरामा विवाद भएपछि यस्तो देखिएको हो ।
स्रोतका अनुसार बुधबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सिफारिस समिति संयोजक डा मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा रहेको र अर्थसचिव मधु मरासिनी भने त्यसको विपक्षमा रहेकाले कुनै ठोस निर्णय हुन नसकेको हो ।


