काठमाडौं : अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता,पारिश्रमिक पदाधिकारीमा थप रकम खर्च गर्न अख्तियारी दिएको छ। अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गर्दै गृह मन्त्रालयलगायत विभिन्न निकायबाट सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप बजेट निकासा माग भई आएअनुसार खर्च गर्न अख्तियारी दिएको सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता,पारिश्रमिक कर्मचारी र पारिश्रमिक पदाधिकारीमा खर्च शीर्षकमा विनियोजन भएको रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा क्रियाकलापहरु बीचमा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको हो।



