धितोपत्र बोर्ड अध्यक्ष छनोट विवाद, सिफारिस समितिमै बाझियो मत


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष छनोट विवाद, सिफारिस समितिमै बाझियो मत

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि कति जनालाई सिफारिस गर्ने सम्बन्धमा छनोट समितिका सदस्यबीच नै मत बाझिएपछि नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ । महान्यायाधिवक्ता कार्यालयबाट मंगलबार आएको कानुनी रायपछि बुधबार सिफारिस समितिको दुईवटा बैठक बसेका थिए । 

पहिलो बैठकमा तीन सदस्यबीच मत बाझिएपछि साँझ दोस्रो बैठक बसेको थियो । त्यो बैठकमा पनि बोर्ड अध्यक्ष छनोट सिफारिस समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठ र विज्ञ सदस्य उदय निरौलाले सर्ट लिस्टमा परेका पाँच जनालाई सिफारिस गरौं, सरकारले जसलाई नियुक्त गरे गर्छ भन्ने राय राखे । तर अर्थसचिव एवं सिफारिस समितिका सदस्य मधुकुमार मरासिनीले धितोपत्र ऐन र अध्यक्ष छनोट कार्यविधिअनुसार सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्ययोजना प्रस्तुति र अन्तरवार्तामा सामेल गराएपछि तीन जना सिफारिस गर्नुपर्ने उल्लेख रहेकाले पाँच जनाको नाम पठाउन नमिल्ने तर्क राखेपछि समितिका सदस्यबीच मत बाझिएको हो ।

Read More