यी १० वस्तुको आयातले उठाएको एक खर्ब ५८ अर्ब राजस्व


  • Himalayan Bank Limited (HBL)
यी १० वस्तुको आयातले उठाएको एक खर्ब ५८ अर्ब राजस्व

चालु आर्थिक  वर्षमा समग्र अन्तर्राष्ट्रिय व्यापार घटेको छ।

तर, आयातमा केन्द्रित भन्सार विभागले उठाउने राजस्व भने ८ प्रतिशतले बढेको छ। लक्जरी तथा बढी भन्सार शुल्क लाग्ने वस्तुहरूको आयात बढ्नु तथा कतिपय वस्तुको आयात मूल्य घटेर पनि परिमाण वृद्धिका कारण समग्रमा राजस्व बढेको छ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार चालु वर्षको ११ महिनामा तीन खर्ब ८४ अर्ब रुपैयाँको भन्सार राजस्व उठेको छ। यो गत वर्षको यसै समयमा उठेको भन्सार राजस्वको तुलनामा ४० अर्ब रूपैयाँ बढी हो। जबकी समग्र आयात भने २७ अर्ब रुपैयाँले घटेको छ।

Read More