बैंकहरुले डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्ने व्यवस्थामा केहि परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका जारी गर्दे डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्ने विद्यमान व्यवस्थालाई केहि परिमार्जन गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि एकीकृत निर्देशन जारी गरेको हो । दिर्नेशन अनुसार अब प्राथमिक पूँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा फाइनान्स कम्पनीहरुले डिबेञ्चर तथा अन्य ऋण उपकरण निष्कासन गर्न पाउने छन् ।


