आर्थिक राशिफल : असार १३ गते बिहिबार, आषाढ कृष्णपक्ष षष्ठी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : असार १३ गते बिहिबार, आषाढ कृष्णपक्ष षष्ठी तिथि

असार १३ गते बिहिबार, आषाढ कृष्णपक्ष षष्ठी तिथि

मेष
आज चन्द्रमा तपाईंको राशिबाट एघारौँ रहेकाले यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् भने आम्दानी पनि राम्रो रहनेछ।   

वृष 
चन्द्रमा आज तपाईंको राशिबाट दशौँ रहेकाले मनपर्ने भौतिक साधन जोड्नुका साथै नयाँ काम प्रारम्भ गर्न सकिने छ । 

मिथुन 
चन्द्रमा आज तपाईंको राशिबाट नवौँ रहेकाले बौद्धिक क्षेत्रबाट लाभ र परिवार र साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्नेछ। 

कर्कट
चन्द्रमा आज तपाईंको राशिबाट आठौँ रहेकाले सहकर्मीले काममा रोकावट गर्न सक्ने र व्यवसायमा उचित प्रतिस्पर्धा गर्न सकिंदैन। 

सिंह
चन्द्रमा आज तपाईंको राशिबाट सातौँ रहेकाले पारिवारिक वा साझेदारी व्यवसायमा राम्रो सफलता मिल्छ भने जागिरमा पनि नजिकका साथीभाईलाई सहयोग गर्नेछन्।    

कन्या
चन्द्रमा आज तपाईंको राशिबाट छैटौँ रहकाले रोकिएका कारोबारहरु मिल्नुका साथै नयाँ लगानी हुन सक्ने समय छ।  

तुला
चन्द्रमा आज तपाईंको राशिबाट पाँचौं रहेकाले बौद्धिक व्यक्तिको सहयोगले काम वा व्यवसायमा रहेको समस्याको निराकरण हुन सक्छ। 

वृश्चिक
चन्द्रमा आज तपाईंको राशिबाट चौथों रहेकाले विरोधीहरु सक्रिय भएर काम बिगार्न सक्ने र अनावश्यक खर्च खर्च बढ्न सक्ने भएकाले ध्यान दिनुपर्नेछ। 

धनु
चन्द्रमा आज तपाईंको राशिबाट तेश्रो रहेकाले काममा नयाँ अवसर र आर्थिक उन्नति मिल्न सक्छ भने साथीभाई सहयोग पनि राम्रो मिल्न सक्छ। 

मकर
आज चन्द्रमा तपाईंको राशिबाट दोश्रो रहेकाले तपाईंको आर्थिक क्षेत्र सुदृढ हुनुका साथै आम्दानीको नँया अवसर मिल्नेछ।  

कुम्भ
आज चन्द्रमा तपाईंको राशिमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नाले मन प्रसन्न रहने र छोटो लाभदायक यात्रा हुन सक्छ। 

मीन
चन्द्रमाको बाह्रौ प्रभावले आज तपाईंलाई एउटै कामको लागि बारम्बार भौतारिनु पर्ने र धनको पनि नाश हुन सक्ने समय छ।