१२ असार, काठमाडौं । सरकारले नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी (अफलाइन एयरलाइन्स) बाट मूल्य अभिवृद्धि कर असुल गर्दैछ । आर्थिक विधेयक २०८१ मा यस्तो प्रावधान समेटिएको छ । सो प्रयोजनका लागि आन्तरिक राजस्व विभागले नेपाल राष्ट्र बैंकमा खाता खोलेको छ ।
नयाँ प्रावधान अनुसार विदेशी वायुसेवा कम्पनीहरूले अब विदेशबाटै सो खातामा भ्याट दाखिला गर्नुपर्ने हुन्छ । सरकारले चालु आर्थिक वर्षबाट हवाई भाडामा भ्याट असुल गर्न थालेको थियो ।



