रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने


  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।

बुक बिल्डिङ विधि अनुसार आइपीओ निष्काशन हुँदा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्छ भने शेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्छ ।

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर निष्काशन गर्नेछ । रिलायन्सको शेयर ओभर सब्स्क्राइब भएमा ५० कित्ताको दरले गोलाप्रथाद्वारा अधिकतम २३ हजार १ सय १९ जनाले मात्रै शेयर प्राप्त गर्न सक्नेछन् । अन्डर सब्स्क्राइब भएमा भने आवेदनकर्ताले ५० कित्ताभन्दा बढी पनि शेयर पार्न सक्नेछन् । कम्पनीले आठ सय २० रुपैयाँ ८० पैसा प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

Read More