काठमाडौँ — राइड हेलिङ कम्पनी इनड्राइभले सन् २०३० भित्र विश्वका १ अर्ब मानिससम्म आफ्नो सेवा पुर्याउने घोषणा गरेको छ । बुधबार काठमाडौंमा उपस्थित एसिया–प्यासिफिक क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया मकरेन्कोले १ अर्ब मानिसको जीवनमा इनड्राइभले कुनै न कुनै रूपले प्रभाव पार्ने जानकारी गराइएकी हुन्।
राइड हेलिङमा सीमित नरहेर सूचना प्रविधिमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने नतालियाको भनाइ थियो । ‘हामी राइड हेलिङ कम्पनीका रूपमा मात्रै आफूलाई सिमित राख्न चाहँदैनौं, मोबिलिटीका अन्य माध्यमबाट पनि आममानिसको जीवनमा सकारात्मक प्रभाव पुर्याउन चाहन्छौं,’ उनले भनिन्, ‘आईटी स्टार्टअप, शिक्षा, खेलकुद, क्रिएटिभ इन्डस्ट्रीलाई पनि प्रोत्साहन गर्दै सन् २०३० सम्ममा १ अर्ब मानिससम्म पुग्ने लक्ष्य छ ।’


