ढल्केबर-इनरूवा ४०० केभी प्रसारण लाईनको चार्जिङ सफल


  • Himalayan Bank Limited (HBL)
ढल्केबर-इनरूवा ४०० केभी प्रसारण लाईनको चार्जिङ सफल

काठमाडौं । ढल्केबर-इनरूवा ४०० केभी प्रसारण लाइनको चार्जिङ सफल भएको आयोजनाका निर्देशक श्याम कुमार यादवले जानकारी दिएका छन् ।

देशभित्रको विद्युत् प्रसारण तथा आपूर्तिका लागि यो पहिलो ४०० केभीको प्रसारण लाइन हो । ४०० केभीकै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हाल सञ्चालनमा छ, जुन भारतबाट विद्युत् आयात निर्यातका लागि प्रयोग हुँदै आएको छ । 

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण भएको हो ।

Read More