बजारमा नयाँ सुनको माग निकै न्यून मात्रै हुने गरेको छ। सुनको मूल्य उच्च बिन्दुमा पुग्दा नयाँ सुन किन्ने ग्राहक पाउन छोडेपछि व्यवसायीहरूले बैंकबाट सुन उठाएका छैनन्।
नेपाल सुन चाँदी व्यवसायी महासंघले नयाँ सुनको माग नभएका कारण पछिल्लो समय बैंकबाट सुन नल्याइएको जनाएको छ।
अहिले वाणिज्य बैंकहरूले विदेशबाट सुन आयात गर्न छन् भने त्यस्तो सुन सुनचाँदी व्यवसायीका छाता संस्था मार्फत व्यवसायीलाई उपलब्ध गराइन्छ। तर, तोकिएको समयमा छातासंगठनले सुन नउठाएमा भने बैंकले खुला रूपमा पनि व्यवसायीलाई उपलब्ध गराउँछ।



