जीवन बीमक संघकाे माैद्रिक नीतिमा सुझावः 'जीवन बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ता ठानिन नहुने'


  • Himalayan Bank Limited (HBL)
जीवन बीमक संघकाे माैद्रिक नीतिमा सुझावः 'जीवन बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ता ठानिन नहुने'

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति निमार्णको तयारी लागेको छ । यो अवस्थामा सरोकारवालाहरुले अहिलेको अर्थव्यवस्थालाई सहजिकरण गर्नेगरी नीति ल्याउन सुझाव दिएका छन् ।

यसैक्रममा बीमा कम्पनीहरुको प्रत्यक्ष नियामक निकाय नेपाल राष्ट्र बैंक नभएता पनि सरोकारवाला निकायको हैसियतमा केही सुझावहरु दिएका छन् । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा व्यवस्था गरिनु नहुने माग गरेको जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलले बताए ।

उनले भने, 'संस्थागत र र व्यक्तिगत निक्षेपकर्ता बीचमा हुने ब्याजदरको भिन्नताले बीमा कम्पनीहरुलाई प्रभावित पारेको छ । बीमा कम्पनीहरुले ब्यक्तिहरुको प्रिमियम लिएर बैंकमा जम्मा गर्ने हो । यसले बीमा कम्पनीलाई भन्दा पनि बीमितहरुलाई असर गरेको छ । अहिले कायम बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ता रुपमा नभई अन्य विकल्पको व्यवस्था गर्नुपर्छ ।'

Read More