नेपालमा लगानी विस्तार गर्न ओपेक फण्डलाई महासंघ अध्यक्ष ढकालको आग्रह


  • Himalayan Bank Limited (HBL)
नेपालमा  लगानी विस्तार गर्न ओपेक फण्डलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको स्पष्ट पार्दै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन्।

मङ्गलवार अस्ट्रियाको भियनामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठुलो लगानीको गन्तव्य बन्न सक्ने बताएका छन् ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए ।

Read More