काठमाडौं । अर्थ मन्त्रालयले पाँच जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। बजेटपछि मन्त्रलयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो।
बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । उनी २ महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट अर्थमा सुरुवा भएका थिए ।
त्यस्तै, प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रामप्रसाद आचार्यलाई दिएको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।



