अब व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाइने जनाएको छ।
कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
यसले कर चुहावट कम गर्न सहयोग पुग्ने विभागले जनाएको छ। सो व्यवस्था व्यवस्था कार्यान्वयन नभए हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकम मध्येको जुन बढी हुन्छ सो रकम बरावरको जरीवाना लाग्ने व्यवस्था छ।



