केन्द्रीय बैंकको ‘म्यान्डेट’ के हो, कस्तो आउँदैछ मौद्रिक नीति ?


  • Himalayan Bank Limited (HBL)
केन्द्रीय बैंकको ‘म्यान्डेट’ के हो, कस्तो आउँदैछ मौद्रिक नीति ?

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकको मुख्य भूमिका शोधनान्तर सुदृढीकरण, मूल्य स्थिरता र वित्तीय क्षेत्र स्थायित्व रहेको ऐनमै उल्लेख छ ।

संसारभरि केन्द्रीय बैंकको भूमिका वास्तविक क्षेत्रको विकासमा योगदान पुर्‍याउनु पनि रहेको अर्थशास्त्री डा. समिर खतिवडा बताउँछन् । तर, नेपालमा केन्द्रीय बैंक उत्पादन र रोजगारीका विषयमा मौन छ ।

मौद्रिक नीतिको ओरेन्टेसन केन्द्रीय बैंकको म्यान्डेटप्रति लक्षित हुनुपर्ने डा. खतिवडा बताउँछन् । ‘मौद्रिक नीति वास्तविक क्षेत्रको विकासलाई सहयोग गर्ने गरी आउनुपर्ने अर्थशास्त्रीय मान्यता हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा खतिवडाले भने, ‘तर, राष्ट्र बैंक ऐनमै यसमा केही समस्या देखिन्छ ।’

Read More