अब व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने


  • Himalayan Bank Limited (HBL)
अब व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

अब व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ।

आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको छ।

'कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन' आर्थिक ऐनमा उल्लेख गरिएको छ।

Read More