काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू. १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख विक्री गरी कुल रू. १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख बीमा शुल्क संकलन गरेका हुन् ।



