अर्थमन्त्री वर्षमान पुनको दाबी- ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, सेयर बजार फेरी लयमा फर्किन्छ’


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री वर्षमान पुनको दाबी- ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, सेयर बजार फेरी लयमा फर्किन्छ’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी मौद्रिक नीति खुकुलो आउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले अर्थतन्त्रमा क्रमिक रुपमा सुधार देखिँदै गएकोले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि खुकुलो आउने दाबी गरेका छन् ।

अर्थमन्त्री पुनले मौद्रिक नीति खुकुलो आउँदा सेयर बजार पनि लयमा फर्किने बताएका छन् । ‘अर्थतन्त्रमा शिथिलता हुँदा लिइएका कडा नीतिलाई राष्ट्र बैंकले खुकुलो गर्दै गएको छ ।’, उनले भने, ‘आगामी मौद्रिक नीति खुकुलो आउँछ, जसले समग्र सेयर बजार उत्साहित हुन्छ, सेयर बजार फेरी लयमा फर्किन्छ ।’

Read More