चालू आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि जेठ मसान्तसम्ममा १४ जीवन बीमकहरुले उक्त रकम बराबरको ब्यापार गरेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।
जीवन बीमाको कुल बजारको २६ प्रतिशत बढी हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको कब्जा गरेको तथ्यांकमा उल्लेख छ । उक्त कम्पनी एकल्लैले ३५ अर्ब ५६ करोड ३६.६१ लाख रुपैयाँको ब्यापार गरेको छ ।


