काठमाडौ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति सहज भएको अवस्थामा लचिलो मौद्रिक नीति आउनु स्वभाविक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरको मौद्रिक नीतिको पूर्वसन्धामा आयोजना छलफल कार्यक्रममा अधिकारीले यस्तो बताएका हुन् ।
उनले भने, अहिले मुद्रास्फीति सहज छ । राष्ट्र बैंकले हचुवाको भरमा मौद्रिक नीति ल्याउने होइन । तथ्यांकहरुलाई केलाएर तथ्यपरक भएर मौद्रिक नीति ल्याउने हो । मौद्रिक नीतको केही सीमा छन् । त्यसमा रहेछ ल्याउछौ।



