११ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भनी समितिले महान्याधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई विकल्प दिएको स्रोतले जनाएको छ ।



