काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरुको भत्ता बढ्ने भएको छ । आन्दोलनरत संसद् कर्मचारीहरुसँग ७ बुँदे सहमति गर्दै सरकारले संसद् कर्मचारीको भत्ता बढाउने भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्तामार्फत उक्त सहमति भएको हो ।



