कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई चालू आर्थिक वर्षमा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन आग्रह गरेको छ ।
कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले चालू आर्थिक वर्ष २०८०/०८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज यही असारभित्र बुझाउन आग्रह गरेको हो ।



