छिट्टै दक्ष र व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छौं : अर्थमन्त्री पुन


  • Himalayan Bank Limited (HBL)
छिट्टै दक्ष र व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए ।

जवाफमा पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिस्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतीकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारी दिए ।

Read More