एप्पलले नयाँ कानूनको उल्लघंन गरेको आरोप,१०% सम्म जरिवाना तिर्नुपर्ने


  • Himalayan Bank Limited (HBL)
एप्पलले नयाँ कानूनको उल्लघंन गरेको आरोप,१०% सम्म जरिवाना तिर्नुपर्ने

यूरोपियन यूनियन(ईयू) का नियामकहरुले एप्पलले ठूला टेक कम्पनीहरुमाथि लगाम लगाउन बनाइएको नयाँ कानूनको उल्लघंन गरेको आरोप लगाएका छन् ।

ईयूमा अस्वस्थ  प्रतिस्पर्धालाई नियमन गर्ने यूरोपियन कमिसनले एप्पलको एप स्टोरले प्रतिद्वन्द्वी बजारलाई दबाबमा पारेको बताएको छ ।उसले डिजिटल मार्केट्स एक्ट (डीएमए) को उल्लंघन गरेको बताइएको छ । नियमको पालना गर्न नसकेमा कम्पनीले आफ्नो विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । 'हाम्रो योजना  र कानूनको पालना गर्नेमा हामी विश्वस्त छौं',एप्पलले भनेको छ ।

Read More