काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा रू. ३६ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार १४ बीमा कम्पनीले गत साउनदेखि जेठसम्ममा कुल २६ लाख ८ हजार ७९२ वटा बीमा पोलिसी विक्री गरी रू. ३६ अर्ब ३२ करोड ९९ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् ।



