सञ्चालनमा रहेका वाणिज्य बैंकले असारको लागि आधार दर सार्वजनिक गरेका छन्।
यस्तो विवरण सार्वजनिक गरिसकेका १९ मध्ये दुई वटा बैंकको आधार दर घटेको छ।
यससँगै बैंकहरूको औसत आधार दर ८.७ प्रतिशतबाट घटेर ८.४७ प्रतिशतमा सीमित भएको हो।
चार बाहेक सबै वाणिज्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि छ।



