यी ३ मापदण्ड पुरा नगरेका कम्पनीलाई तत्काल आईपीओ निष्कासनमा रोक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यी ३ मापदण्ड पुरा नगरेका कम्पनीलाई तत्काल आईपीओ निष्कासनमा रोक

नेपाल धितोपत्र बोर्डले छ महिनापछि सार्वजनिक शेयर निष्कासनका लागि अनुमति दिन थालेको छ ।

बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई १ :१ अनुपातमा ९९ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको छ ।बोर्डले सार्वजनिक शेयर निष्कासन करिब ६ महिनादेखि अवरुद्ध भएकोमा गत शुक्रबारदेखि शेयर निष्कासनका लागि स्वीकृति दिन थालेको हो।तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पदावधि सकियता पाइपलाइनमा रहेका विभिन्न कम्पनीको आईपीओ निष्कासन अबरुद्ध थियो ।

बोर्डका प्रवक्ता डा नवराज अधिकारीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार बिस्तारै अनुमतिको प्रक्रिया अघि बढाउन लागिएको बताएका छन् । उनका अनुसार ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई प्राथमिकताका आधारमा सार्वजनिक निष्कासन गर्न अनुमति दिइने छ । 

Read More