काठमाडौँ, असार १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ ।
उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।



