काठमाडौँ । अर्थतन्त्रमा क्रमिक सुधार आएसँगै श्रीलंकाको सेयर बजार उकालो गतिमा देखिएको छ । उकालो गतीमा रहेको श्रीलंकाको कोलम्बो स्टक एक्सचेञ्जको प्रमुख सूचक ‘एएसपीआइ’ अल टाइम हाईको बिन्दु नजिक पुगेको छ ।
यसो त श्रीलंकाको अर्थतन्त्र संकटमै परेपछि ओरालो लाग्न सुरु गरेको सेयर बजार सन् २०२२ मा ७ हजार २ सय बिन्दुसम्म झरेको थियो ।





