काठमाडौँ। आगामी असार २५ गतेदेखि मिडिल मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले चुक्ता पुँजीको १ः०.६०२४ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको जनाएको छ ।
सेयर धनीहरूका लागि निष्कासन गर्न लागिएको यस हकप्रद खरिदका लागि आगामी साउन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।





