रुसबाट हुने भारतको तेल आयात हालसम्मकै उच्च विन्दुमा


  • Himalayan Bank Limited (HBL)
रुसबाट हुने भारतको तेल आयात हालसम्मकै उच्च विन्दुमा

काठमाडौं : रुसबाट हुने भारतको तेल आयात मे महिनामा रेकर्ड विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । भारतले मे महिनामा रुसबाट दैनिक करिब २१ लाख ब्यारेल तेल आयात गरेको हो । चीनबाट मागमा कमी आएपछि रुसी तेलमा डिस्काउन्ट बढ्दै गएपछि भारतको आयात ऐतिहासिक उचाइमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । 

यससँगै गत महिना विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता भारतमा रुसको हिस्सा झण्डै ४१% पुगेको तथ्यांकले देखाएको छ । यसैबीच, साउदी अरेबियाबाट हुने आपूर्ति भने १० महिनाकै न्यून विन्दुमा झरेको छ । साउदी अरामकोले मे महिनामा मूल्य बढाएपछि भारतको आयात घटेको हो ।

Read More