निर्जीवन बीमाको ब्यापार ३६ अर्ब, ५३ प्रतिशत हिस्सा ५ कम्पनीको कब्जामा (सूचिसहित)


  • Himalayan Bank Limited (HBL)
निर्जीवन बीमाको ब्यापार ३६ अर्ब, ५३ प्रतिशत हिस्सा ५ कम्पनीको कब्जामा (सूचिसहित)

चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । २०८१ जेठ मसान्तसम्म १४ निर्जीवन बीमकहरुले उक्त रकम बराबर व्यापार गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार गरेको छ । शिखरले निर्जीवन बीमा बजारको १३.४८ प्रतिशत व्यापार हात पारेको छ । त्यसैगरी, सगरमाथा लुम्बिनीले बीमा बजारको ११.८२ प्रतिशत व्यापार हात पारेको छ भने सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले १०.१० प्रतिशत बजार हिस्सा कब्जा गरेको छ ।

Read More