काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेसँग स्वत: निलम्बनमा परेका छन्। अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना प्रकरणमा आइतबार मुख्य सचिवसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनीहरु आजबाटै निलम्बनमा परेका हुन्। मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष निकालेको छ।
अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गर्दै अर्यालसहित अन्य १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीले जानकारी दिए। उनका अनुसार अख्तियारले अर्यालसहित हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, हाल भन्सार बिभागका उपनिर्देशक टंक पाण्डेविरुद्ध पनि मुद्दा दायर गरेको छ। आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाह र आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल अख्तियारले प्रतिवादी बनाएको छ।



