केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री


  • Himalayan Bank Limited (HBL)
केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाई नराम्रो भन्न मिल्दैन : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरूले सहकारीलाई बलनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’

Read More