बजेटको घोषणा उल्ट्याएर असारमै करोडौं रकमान्तरको तयारी


  • Himalayan Bank Limited (HBL)
बजेटको घोषणा उल्ट्याएर असारमै करोडौं रकमान्तरको तयारी

९ असार, काठमाडौं । हिजोआज अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा भीडभाड छ । विभिन्न मन्त्रालय र निकायका अधिकारीहरु कोही रकमान्तरको फाइल बोकेर त कोही निर्णय भए/नभएको बुझ्न धायेको-धायै छन् ।

अवास्तविक बजेट बनाउने र खर्च अपुग भएको भन्दै एउटा शीर्षककको बजेट अर्कोमा सार्ने रकमान्तरको विकृत अभ्यास यो वर्ष पनि असोजपछि झांगिँदै गएकै थियो । तर, आथिर्क  वर्षको अन्तिम महिनामा सरकार संसदले पारित गरेको बजेट वक्तव्यलाई नै चुनौती दिंदै रकमान्तरको तयारीमा छ ।

Read More