बाह्रबिसेमा २२० केभीको सब स्टेसन निर्माण सम्पन्न


  • Himalayan Bank Limited (HBL)
बाह्रबिसेमा २२० केभीको सब स्टेसन निर्माण सम्पन्न

काठमाडौँ, असार ९ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सब स्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सब स्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । 

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्टेसनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सब स्टेसन पनि निर्माणाधीन छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सब स्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि  सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सब स्टेसनलाई चार्ज गरिने छ ।

Read More