सूचीकृत जलविद्युत् कम्पनीमध्ये झन्डै आधा घाटामा,घाटामै गए पनि शेयर मूल्य भने उच्च


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूचीकृत जलविद्युत् कम्पनीमध्ये झन्डै आधा घाटामा,घाटामै गए पनि शेयर मूल्य भने उच्च

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये झन्डै आधा जलविद्युत् कम्पनी चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म घाटामा छन् । तैपनि ती कम्पनीको शेयर भने उच्च मूल्यमा कारोबार भइरहेको छ । घाटामा रहेका जलविद्युत् कम्पनीका शेयर मूल्य बिहीवार प्रतिशेयर १४४ रुपैयाँ ८० पैसादेखि ७६८ रुपैयाँ ९० पैसासम्म पुगेको छ । घाटामा रहेको नेशनल हाइड्रोको शेयर यस दिन प्रतिकित्ता १४४ रुपैयाँ ८० पैसा रुपैयाँसम्ममा कारोबार भएको देखिन्छ । घाटामै रहेको शुभम पावरको शेयर बिहीवार ७६८ रुपैयाँ ९० पैसासम्ममा किनबेच भएको देखिन्छ । बाराही हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिशेयर ७२४ रुपैयाँ छ । 

Read More