नेपाल धितोपत्र बोर्डले आइतबार हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ ।
बोर्डले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । जसअनुसार अब कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी ९९ करोड छ ।कम्पनीको शेयर निकष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।कम्पनीले हकप्रद शेयर निष्कासनपश्चात् प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकम बैंकहरूबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्ने योजना बनाएको छ ।




