आणविक हतियारमा विश्वव्यापी खर्च १३ प्रतिशतले बढेर रेकर्ड उच्च विन्दुमा, हतियारको संख्या पनि बढ्यो


  • Himalayan Bank Limited (HBL)
आणविक हतियारमा विश्वव्यापी खर्च १३ प्रतिशतले बढेर रेकर्ड उच्च विन्दुमा, हतियारको संख्या पनि बढ्यो

काठमाडौं : आणविक हतियारहरुमा विश्वव्यापी खर्च इतिहासकै उच्च विन्दुमा पुगेको छ । आणविक हतियारको अन्त्य गर्ने अन्तर्राष्ट्रिय अभियान (आइक्यान) को तथ्यांकअनुसार सन् २०२३ मा आणविक हतियारहरुमा विश्वव्यापी खर्च १३% ले बढेर हालसम्मकै उच्च ९१.४ अर्ब डलर पुगेको हो । उक्त खर्च अघिल्लो वर्ष अर्थात सन् २०२२ को तुलनामा १०.७ अर्ब डलर बढी भएको आइक्यानको रिपोर्टलाई उद्धृत गर्दै गार्डियनले लेखेको छ ।

युक्रेनमा रुसको आक्रमण र इजरायल–हमास युद्धको कारण व्यापक भूराजनीतिक अनिश्चितताको समयमा अमेरिकाले रक्षा बजेटमा तीव्र वृद्धि गरेपछि आणविक हतियारहरुमा भएको खर्च रेकर्ड उच्च विन्दुमा पुगेको गार्डियनले लेखेको छ । आणविक हतियार भएका विश्वका सबै ९ वटै राष्ट्रहरुले खर्च बढाएको तथ्यांकले देखाएको छ । आणविक हतियारका लागि ११.९ अर्ब डलरखर्च छुट्याएको चीन अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

 

Read More