आयात-निर्यात घट्यो, ११ महीनामा १४ खर्ब ५३ अर्बको आयात


  • Himalayan Bank Limited (HBL)
आयात-निर्यात घट्यो, ११ महीनामा १४ खर्ब ५३ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महीनामा आयात-निर्यात घटेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार आयात १.८४ प्रतिशतले र निर्यात ३.०१ प्रतिशतले घटेको जनाएको छ । 

तथ्याङ्कअनुसार यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यसैगरी ११ महीनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत आवमा सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

Read More