मेलम्चीको मुख्य बाँध सारिने, एडीबीको २ अर्ब अनुदान


  • Himalayan Bank Limited (HBL)
मेलम्चीको मुख्य बाँध सारिने, एडीबीको २ अर्ब अनुदान

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ। आयोजनाको मुख्यबाँध (हेडवक्र्स) सार्नका लागि एडीबीले उक्त अनुदान दिन लागेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए। योसँगै एडीबीले पूर्णसूचना प्रणालीका लागि पनि थप ३ मिलियन डलर अनुदान दिने उनले जानकारी दिए। हेडवक्र्सभन्दा माथिल्लो भागमा मौसमी जानकारी दिने गरी उक्त प्रणाली जडान गर्न लागिएको हो। 

Read More