लगातार दुई आर्थिक वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्ने भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा करिब २ प्रतिशतको गिरावट आएको छ।
कतिपय वस्तुको मागमा आएको कमी तथा धेरै उपभोग हुने पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी, निर्माण सामग्रीको कच्चा पदार्थ आयात गरी तयारी वस्तु नेपालमा बन्न थालेपछि यसको असर अन्तर्राष्ट्रिय व्यापारमा देखिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १५ खर्ब ९२ अर्ब ९६ करोड रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ।



