काठमाडौं : सरकारले तिर्न बाँकी सार्वजनिक २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको हो । यसअघि वैशाख मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ रहेको थियो ।



