जेठमा आन्तरिक राजस्व विभागको राजस्व संकलन ११ प्रतिशतले बढ्यो


  • Himalayan Bank Limited (HBL)
जेठमा आन्तरिक राजस्व विभागको राजस्व संकलन ११ प्रतिशतले बढ्यो

७ असार, काठमाडौँ । जेठ महिनामा आन्तरिक राजस्व विभागले ४१ अर्ब १९ करोड राजस्व स‌ंकलन गरेको छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । जेठ महिनामा विभागले गत वर्षको सोही महिनाको तुलनामा ११.३० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९. ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

Read More