ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै


  • Himalayan Bank Limited (HBL)
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

अहिले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएर साढे ६ प्रतिशतको हाराहारीमा झारेका छन् भने साधारण निक्षेपको ब्याजदर ३ देखि ४ प्रतिशतमा झारेका छन्। बैंकहरुले निक्षेपमा ब्याजदर घटाउदा उनीहरुको आधार दर घटेको छ जसले गर्दा कर्जाको ब्याजदर पनि कम भएको छ। अहिले बैंकहरुको आधार दर ९ प्रतिशतभन्दा तल झरेकोले हाइड्रोपावर कम्पनीहरुको कर्जाको ब्याजदर पनि घटेर १० प्रतिशतको हाराहारीमा झरेको छ। यसले ठूलो रकमको कर्जा लिएर हाइड्रोपावर परियोजना निर्माण गरिरहेका कम्पनीलाई ब्याज भार कम हुने भएको छ।

 

Read More